मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुसन्धानमा किन विलम्ब ?

annapurnapost.com · Fri Dec 31 05:14:00 GMT 2021

ललिता निवासको जग्गा हिनामिना प्रकरण किनारा लागेको छैन। राजनीतिक प्रभावमा यसमा मुछिएका जग्गा र व्यक्ति खोज्ने र मुद्दा चलाउने क्रम अझै छ। पक्राउ परेका छुट्ने क्रम पनि उस्तै छ। सरकारले २ सय ९९ रोपनीमध्ये २ सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको बताएपछि छानबिन समिति बन्यो। अधिग्रहण हो वा होइन समितिले छुट्ट्यायो। शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको उक्त समितिको छानबिनमा १४ रोपनी ११ आना मात्रै जग्गा जफत भएको देखायो। अरू जग्गा राजनीतिक प्रभावमा दुरुपयोग भएको त्रिताल प्रतिवेदनले खुलायो। यो आधारमा सरकारले अख्तियार र सीआइबीलाई अनुसन्धानको गर्ने जिम्मा दियो पनि। तर, अझै मुद्दा किनारा लागेको छैन। अनुसन्धान गर्ने संवैधानिक निकायको काम सुस्त देखिन्छ।

अख्तियारले २०७६ माघ २२ मा नै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेषमा मुद्दा चलायो। यो मुद्दा विशेष अदालतमा विचाराधीन छ। बिगो धेरै कम धरौटीमा विशेषबाट प्रतिवादी छुट्दै छन्। यसले मुद्दा कमजोर बनाउने प्रयास भएको बुभ्mन पनि सकिन्छ। सरकारले किर्ते र ठगीमा अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको छ। ठगीको अनुसन्धान गरेर एक वर्षअघि नै प्रतिवेदन बुझाइसकेको छ। किर्तेको केसमा सीआईबीको हदम्याद पुस २७ मा सकिँदैछ। तर, अहिलेसम्म भूमाफिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन्। जुनै सरकारले पनि भूमाफियाविरुद्ध र राज्यका पक्षमा निर्णय गर्नुपर्छ। यस्ता भ्रष्टाचार छानबिन गर्न संवैधानिक निकाय सक्रिय बन्नुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)