मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

ratopati.com · Sat Oct 18 21:52:00 GMT 2025

मनाङ । मनसुन सकिएपछि यति बेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।

यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ । डेढ महिनामा सात हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उहाँका अनुसार याम सुरु भएपछि इजरायलका एक हजार १२७, जर्मनीका पाँच सय एक, बेलायतका चार सय ६६ र अस्ट्रेलियाका चार सय ४१ जनाले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भन्ज्याङ (पास), लार्के भन्ज्याङ ९पास०, तिलिचो तालको भ्रमण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)