मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीले सरकारमा जाने वा नजानेबारे आज निर्णय गर्ने

annapurnapost.com · Sun Jan 01 00:58:00 GMT 2023

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजानेबारे आज निर्णय गर्ने भएको छ। पार्टीको शनिबार भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम सुरु भएको र सरकारबारे आइतबार निर्णय हुने नेताहरूले बताएका छन्।

सरकारबारे 'पर्ख र हेर'को नीति लिएको समाजवादीले स्थायी कमिटी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय गर्ने जनाइएको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताबारे अहिलेसम्म निर्णय भइनसकेको बताए। ‘केही दिनमै सरकारमा जाने नजानेबारे धारणा बनाउँछौं’, खतिवडाले भने।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)