मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

nepalviews.com · Sun Oct 25 01:57:46 GMT 2026

उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर) को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)