कतार आक्रमणपछि ट्रम्पका वार्ताकारले 'धोका महसुस' गरेको भनाइ
hamrakura.com · Sun Oct 19 00:00:00 GMT 2025
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारको दोहामा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले 'विश्वासघात' भएको महसुस गरेको बताएका छन्।
इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको मध्यस्थतामा विटकोफसँग काम गरेका ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सीबीएसमा दिएको अन्तर्वार्तामा उनले सेप्टेम्बर ९ मा दोहामा भएको आक्रमणको बारेमा बिहान मात्रै थाहा पाएको बताएका छन्। कतार अमेरिकाको एक प्रमुख सहयोगी हो र गाजा युद्ध अन्त्यको प्रयासमा मध्यस्थकर्ताको रूपमा काम गरिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)