कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता
barnanmedia.com · Sat Oct 18 21:59:39 GMT 2025

काठमाडौँ, २ कात्तिकः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी संस्थाका सदस्य किसानले कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा हासिल गरेको उपलब्धि र आगामी दिनमा अवलम्बन गर्न सकिने नवीन अभ्यासका बारेमा कार्य गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सङ्घका अध्यक्ष खेमबहादुर पाठक र विश्वविद्यालयको तर्फबाट योजना निर्देशनालयका निर्देशक प्रा डा शिवचन्द्र ढकालको उपस्थितिमा सङ्घका महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ र विश्वविद्यालयको तर्फबाट प्रा डा शारदा थपलियाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)