एटलेटिको शीर्षसँग दुई अंकको दूरीमा
kendrabindu.com · Sun Oct 25 02:03:13 GMT 2026
काठमाडौं । एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा डेपोर्टिभो लाकुरुनालाई १–० ले हराएको छ । यो जितपछि लयमा रहेको एटलेटिकोले दोस्रो स्थानमा आफ्नो स्थिति अझ मजबुत गरेको छ ।
एटलेटिकोको १० खेलबाट २५ अंक भएको छ । यो शीर्षमा रहेको बार्सिलोनासँग दुई अंकको मात्र दूरी हो । एटलेटिकोका लागि घरमा भएको खेलमा एक मात्र गोल जुलियन अल्भारेजले ४८ औं मिनेटमा गरे र यो नै तीन अंक बटुल्न पर्याप्त रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)