तरकारीखेतीबाट नौ लाख आम्दानी
barnanmedia.com · Sat Oct 18 22:02:35 GMT 2025

ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झर्नुभएको थियो । गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो । बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपथ्र्यो । दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन ।
आफू बस्ने ठाउँ वरपरका स्थानीयले व्यावसायिक तरकारीखेती गरेको देखेपछि उहाँलाई बारीमा काम गर्ने इच्छा जाग्यो । त्यसपछि जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्न थाल्नुभयो । अहिले उहाँ बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित हुनुहुन्छ । बागलुङ नगरपालिका–४ ओढारचौरमा बुढाथोकीले तरकारीखेती सुरु गरेको चार वर्ष भयो । बजार नजिकै तरकारी फलाउने हुँदा बिक्री नहुने समस्या छैन । उहाँको बारीमा बाह्रै महिना तरकारी फल्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)