विश्व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन
annapurnapost.com · Wed Nov 25 23:35:00 UTC 2020
लण्डन : विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो ।
तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)