भारतीय क्रिकेटर केएसले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने
nagariknews.nagariknetwork.com · Sun Aug 23 12:56:15 GMT 2026
नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाण्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाण्डुले तेस्रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो।
भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि सात वटा टेष्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेँगलुरुबाट इण्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा छ हजारभन्दा बढी रन बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)