मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते

kendrabindu.com · Sun Oct 25 02:11:55 GMT 2026

सुनसरी । सुनसरीमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। शनिबार साँझ बराहक्षेत्र नगरपालिका–३ कुपीखोलास्थित भित्री सडकमा ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००५ ह ०२५६ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८११२ नम्बरको मिनिट्रकले ठक्कर दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)