मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हाकिम नटिक्दा यातायात व्यवस्था विभागको काम लथालिंग

nayapatrikadaily.com · Sat Mar 04 00:35:00 GMT 2023

६ वर्षयता करिब ६ लाख ५० हजार सेवाग्राहीले ट्रायल पास भए पनि ‘स्मार्ट लाइसेन्स’ पाएका छैनन्, सार्वजनिक यातायातको चर्को भाडाले यात्रु मारमा छन् । संघीय राजधानीकै सडकमा २० वर्ष पुराना गाडी धुँवा फ्याँक्दै निर्वाध कुदिरहेका छन् । तर, यो सबै नियमन गर्ने निकाय यातायात व्यवस्था विभागका महानिर्देशकलाई भने समस्या समाधान गर्नेभन्दा पनि पदमा कसरी टिक्ने भन्ने चिन्ता हुन्छ । चाँडो–चाँडो ‘हाकिम’ परिवर्तन हुँदा विभागको काम नै लथालिंग भएको छ ।

विभागले अहिले सवारीसाधन दुर्घटनासम्बन्धी तथ्यांक संकलन, सवारीसाधन संख्या अद्यावधिक, प्रदूषण चेकजाँच गर्न छाडेको छ । विभागका पूर्वमहानिर्देशक तुलसी गौतमले कार्यालय प्रमुख नटिक्दा कार्य सम्पादनमा समस्या हुने बताए । ‘कार्यालय प्रमुखलाई योजनाबद्ध रूपमा काम गर्न समय चाहिन्छ, तुरुन्तै केही हुँदैन, तर छिटो–छिटो सरुवा हुँदा कार्य सम्पादनमा असर पर्छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)