जेनजीलाई बिर्सेको बालेन सरकार
ratopati.com · Wed Jul 01 13:15:00 GMT 2026

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा युवा र विशेषगरी जेनजी पुस्ताको विद्रोहलाई एउटा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ । पुराना राजनीतिक दलहरूको अकर्मण्यता, व्याप्त भ्रष्टाचार, नातावाद र कुशासनविरुद्ध सडकमा उर्लिएको युवाहरूको विशाल लहरले अन्ततः सिंहदरबारको सत्ता समीकरणलाई पूर्ण रूपमा बदलिदियो ।
२०८२ साल भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्युत मात्र गरेन, मुलुकमा नयाँ राजनीतिक प्रणाली स्थापनाको जगसमेत बसाल्यो । उक्त आन्दोलनको राप र दबाबका बिच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । त्यस अन्तरिम सरकारले २०८२ साल फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गरायो । निर्वाचनमा अधिकांश जेनजी युवाहरूको अभूतपूर्व समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई–तिहाइको बहुमत हासिल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)