नेपाल–भारत अन्तरदेशीय भुक्तानी नियमन गर्न द्विपक्षीय संयन्त्र बनाइने
nayapatrikadaily.com · Fri Feb 16 00:27:00 GMT 2024
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीको (क्रसबोर्डर भुक्तानी) नियमन गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाबीच बिहीबार नियामकीय संयन्त्र बनाउने समझदारी भएको हो । दुई देशबीच द्रुत भुक्तानी प्रणालीलाई एकीकृत गर्ने उद्देश्यले गरिएको समझदारीपत्र आदानप्रदान भएको छ । गभर्नर महाप्रसाद अधिकारी र आरबिआई गभर्नर शक्तिकान्त दासको उपस्थितिमा मुम्बईमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल र भारतबीचको सीमापार रेमिट्यान्स प्रणालीलाई सहजीकरण गर्ने एउटा प्रमुख उद्देश्य राखिएको छ । राष्ट्र बैंकका अनुसार भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपिआई)मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)