एक दिनमा ४७० सवारीसाधन ट्राफिकको कारबाहीमा
kendrabindu.com · Sun Oct 25 03:03:01 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४ सय ७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४ सय ७० सवारीसाधन कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)