कोरोना संक्रमण उच्च रहेका यी ५ देश
lokpath.com · Mon Jul 20 18:02:13 UTC 2020
काठमाडौं । विश्वमा यतिबेला कोरोना महामारीको कारण आक्रान्त बनेको छ । विश्वभरमा सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । त्यस्तै ब्राजिल, भारत, रसिया र दक्षिण अफ्रिकामा कोरोना संक्रमण उच्च देखिएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४३ हजार ५ सय १५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३९ लाख २५ हजार ८ सय ८६ पुगेको छ । हालसम्म १८ लाख १४ हजार १ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)