मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमा मलकारखाना स्थापनाका लागि मलेसियाकाे कम्पनीले सम्भाव्यता अध्ययन गर्ने

Ujyaaloonline.com · Thu Sep 28 00:20:00 GMT 2023

काठमाण्डाै – नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि मलेसियाको कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र मलेसियाको रिनिकोला एसडीएन बीएचडी कम्पनीबीच आज बुधवार समझदारी भएको हो । समझदारी पत्रमा लगानी बोर्डका तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोला कम्पनीका प्रबन्ध निर्देशक भौमहिदी अब्देलालीले हस्ताक्षर गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)