मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित, आर्सनल विजयी

nepalsamaya.com · Sun Oct 25 03:18:38 GMT 2026

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको छ भने आर्सनलले एभर्टनलाई २–० गोलले हराएको छ।

गएराती सम्पन्न खेलमा एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा निकोलस ज्याक्सनले दुई गोल गरेपछि भिल्लाले सिटीमाथि जित निकालेको थियो। ज्याक्सनले खेलको छैटौँ मिनेटमा गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सातौँ मिनेट अर्थात् ५२औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। तर, ६०औँ मिनेटमा ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि भिल्लाले पुनः अग्रता लियो र त्यसपछि सिटीले गोल फर्काउन नसक्दा भिल्ला २–१ ले विजयी भयो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)