मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण

hamrakura.com · Sun Oct 25 00:00:00 GMT 2026

काठमाडौँ। अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो) मा तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको प्रकोप नियन्त्रणका लागि शुक्रबारदेखि वृहत क्लिनिकल परीक्षण सुरु गरिएको छ। इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको यस दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’ नाम दिइएको छ।

इबोला भाइरसको इतिहासमै सबैभन्दा घातक रूप लिएको यस महामारीबाट कङ्गोमा हालसम्म चार हजार छ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित पूर्वी कङ्गोको इतुरी प्रान्तको राजधानी बूनियामा पहिलो सहभागीलाई खोप दिएर यस ऐतिहासिक परीक्षणको औपचारिक थालनी गरिएको हो। ‘कोएलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स’ (सिइपिआई) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परीक्षणको मुख्य उद्देश्य खोपको सुरक्षा, प्रतिरोधात्मक क्षमता र सङ्क्रमण रोकथाममा यसको प्रभावकारिता मूल्याङ्कन गर्नु रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)