अर्घाखाँचीको पहिचान सराय : तरवार र खुँडाको तालमा गुञ्जिन्छ ‘वाख्यै भाइ हो’
onlinekhabar.com · Sun Oct 25 03:16:47 GMT 2026

८ कात्तिक, अर्घाखाँची । हातमा तरवार र खुँडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज। दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराय नाचको हो।
बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराय अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो। आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसीयालीमा यो नाच नाच्ने परम्परा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)