गाउँका सिंहदरबारको प्रभावकारिता
gorkhapatraonline.com · Sun Oct 25 02:27:39 GMT 2026

विकेन्द्रित शासनव्यवस्था उन्नत समाज र समृद्ध राष्ट्रको आधार मानिन्छ । त्यसैले नेपालको संविधान २०७२ ले मुलुकलाई सङ्घीय शासनप्रणालीमा रूपान्तरण गरी तिन तहको शासनव्यवस्था कायम गरियो । शासनको अधिकार जनताको घरदैलोसम्म पु¥याउने र स्थानीय आवश्यकता तथा प्राथमिकताका आधारमा विकास निर्माण गर्ने उद्देश्यले मुलुक सङ्घीय संरचनामा गएको हो । ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’ पु-याउने नारासहित स्थापित स्थानीय तहलाई विकासको सबैभन्दा महìवपूर्ण आधार मानिएको पनि यही कारण हो ।
सङ्घीयता कार्यान्वयनपछि गाउँदेखि सहरसम्म भौतिक पूर्वाधार निर्माणले गति लिएको छ । सडक, पुल, भवन, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य संरचना निर्माणमा स्थानीय तहले उल्लेख्य लगानी गरेका छन् । यस अर्थमा देशमा देखिएको भौतिक विकासको ठुलो हिस्सा स्थानीय तहको सव्रिmयतासँग जोडिन्छ तर प्रश्न यति मात्र होइन–हामीले बनाएका संरचनाले स्थानीय जनताको जीवन कति सहज बनायो ? गाउँमा रोजगारी कति सिर्जना भयो ? उत्पादन कति बढ्यो ? बसाइँसराइ रोकियो कि झन् बढ्यो ? वातावरण र भविष्यको पुस्तालाई ध्यानमा राखेर विकास
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)