सुरक्षा कारण देखाउँदै अमेरिकी संसद भवन क्यापिटल हिल बन्द
dcnepal.com · Mon Jan 18 17:15:16 UTC 2021
वाशिङ्टन (एजेन्सी)। अमेरिकी संसद भवन क्यापिटल हिल सुरक्षा कारण देखाउँदै बन्द गरिएको छ। नव निर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नु दुई दिनअघि क्यापिटल हिल बन्द गरिएको हो।
अमेरिकी कंग्रेसको घर भनिने क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले ६ जनवरीमा आक्रमण गरेका थिए। सो घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको थियो। ट्रम्प बाइडेनसँग पराजित भए पनि उनले शान्तिपूर्ण रुपमा हस्तान्तरणका लागि तत्परता नदेखाएपछि नयाँ राष्ट्रपतिको शपथ ग्रहण अघि अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)