राजधानीको जोरपाटीमा चिकित्सकमाथि आक्रमण
lokpath.com · Wed May 27 17:14:12 UTC 2020
काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा ६४ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर तनाव भएको छ । मृतकका आक्रोशित आफन्तले उपचारमा खटिएका चिकित्सकमाथी हातपात गरेको चिकित्सक संघले जनाएको छ ।
संघले एक विज्ञप्तिमार्फत घटनाप्रति गम्भिर ध्यानकर्षण भएको छ । ‘कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार निरन्तर स्वास्थ्य सेवाप्रवाह गरीरहेको अवस्थामा बिरामीलाई बचाउन सकिनस् भनी चिकित्सकमाथी नै शारीरिक हमला गर्ने जस्तो अन्यन्तै अमानवीय क्रियाकपालप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ’ , विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)