मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

baahrakhari.com · Wed Jul 13 00:03:00 GMT 2022

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)