मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कान्तिपुर दैनिकको सम्पादकमा चौहान

ekantipur.com · Sat Jul 10 00:49:04 GMT 2021

काठमाडौँ — कान्तिपुर दैनिकको सम्पादक पदमा उमेश चौहान नियुक्त भएका छन् । दुई दशकदेखि पत्रकारितामा संलग्न पत्रकार चौहानलाई शुक्रबार कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले स्वागत गरे ।

यसअघि नयाँ पत्रिका दैनिकको सम्पादक पदमा कार्यरत रहेका अर्घाखाँचीका चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग रेडियो र टीभीको पनि कार्यानुभव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)