म्याग्दीका पहिरो प्रभावित भन्छन्- आश्रयस्थल भन्दा आफन्तको खाली घरमै सहज
lokaantar.com

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन् । अहिले उनी दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थालेकी छन् ।
सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय बनेको छ । 'करिब १५–२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह गरेर दिदीको खाली घरमा बस्ने निर्णय लिएका हौँ,' भूमदेवीले भनिन्, 'सरकारले पनि कति आश्रयस्थलमा राख्न सक्ला र भन्ने लाग्यो । आफ्नै घर नबनाउँदासम्मका लागि दिदीको खाली घरमा बस्न थालेका हौँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)