प्रदेश २ मा सर्वोच्चको फैसलाको असर, सांसद भन्छन्- पद जोगाउनै पर्यो त्यसैले मूल पार्टीमै फर्किन्छौं
baahrakhari.com · Tue Mar 09 17:05:00 UTC 2021
जनकपुरधाम । वामपन्थी तीन दलले ०७४ असोज १७ गते चुनावी तालमेल गर्न सैद्धान्तिक सहमति गरे । केही दिन नबित्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अलग भए । ०७५ जेठ ३ गते केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादीले एकताको औपचारिक घोषणा गर्यो । नेकपा बन्यो । तर, सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला सुनाएपछि प्रदेश २ मा पनि प्रत्यक्ष असर परेको छ ।
गुट परिवर्तन गरेका नेकपाका विद्रोही सांसदहरु संकटमा परेको आकलन गरिएको छ । एक सय सय सात सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ सांसद थिए । पार्टी एकता भएर नेकपा बनेपछि ३२ सांसद पुग्यो । तर पार्टी अनौपचारिक विभाजन भएपछि तत्कालीन नेकपा एमालेका १३ सांसद नेकपा प्रचण्ड-माधव नेपाल समूहमा लागे । माओवादी केन्द्रका ४ सांसद केपी शर्मा ओली समूहमा पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)