मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पुनः निर्वाचनका लागि आफूलाई अत्यधिक बहुमत सदस्यको समर्थन रहेको इन्फान्टिनोको दाबी

nagariknews.nagariknetwork.com · Sun Oct 25 03:46:13 GMT 2026

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बेच्ने आफ्नो योजना रद्द भएपछि आलोचना भए पनि ‘अत्यधिक बहुमत’ सदस्यहरूको समर्थन आफूसँग रहेको बताएका छन्।

एशियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले शुक्रबार इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले ५६ वर्षीय उनको चौथो कार्यकाल जित्ने आशालाई ठूलो बल दिएको छ। दुई महिनाअघि फुटबलको अन्तर्राष्ट्रिय निकायले सञ्चालन गर्ने प्रतियोगिताहरूको व्यावसायिक अधिकारको केही भाग निजी लगानीकर्तालाई बेच्ने उनको योजनाविरुद्ध व्यापक विरोध हुँदा इन्फान्टिनोको आगामी नेतृत्वको सम्भावना सङ्कटमा परेको थियो। उक्त समय योजनाको विरोध गर्दै युरोपेली फुटबल निकाय युइएफए, एएफसी र उत्तर तथा मध्य अमेरिकामा फुटबल चलाउने कन्काकाफका प्रमुखहरूले ‘फुटबल कुनै व्यक्तिको होइन’ भन्दै पत्रमा हस्ताक्षर गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)