मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला विश्व कप फुटबलको उपाधिका लागि आइतवार इङ्ल्यान्ड र स्पेन खेल्ने

Ujyaaloonline.com · Thu Aug 17 01:01:58 GMT 2023

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । यो महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको छ । फाइनल खेल आइतवार हुनेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि शनिवार स्वीडेनसँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)