असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात
nepalnews.com · Sun Oct 25 04:10:12 GMT 2026

काठमाडौं।नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि निर्यात कारोबार रकम भने बढेको छ।
प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत भारत निर्यात भएको हो। यो रकम गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको विद्युत निर्यात भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)