मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से परिसूचक कसरी गणना गरिन्छ ? यस्तो छ विधि

clickmandu.com · Sun Oct 25 04:11:20 GMT 2026

काठमाडौं । सेयर बजार परिसूचक (इन्डेक्स) ले स्टक एक्सचेन्जमा भएको कारोबारको स्थिति बताउँछ । समग्रमा बजार घटेको छ वा बढेको छ, कतातिर गइरहेको छ भन्ने संकेत बजार परिसूचकले गर्छ । प्राविधिक रूपमा यो एउटा औसत अङ्क हो । सामान्यतया बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा सेयर परिसूचक घट्छ, बढ्दा बढ्छ ।

नेपाल स्टक एक्सचेन्जले पनि बजारको चाल बताउने यस्तै परिसूचक २०५० सालदेखि प्रकाशनमा ल्याएको हो । यो परिसूचकलाई नेप्से इन्डेक्स नाम दिइएको छ । भारतको बम्बई स्टक एक्सचेन्जको यस्तै परिसूचकलाई सेन्सेक्स, नेसनल स्टक एक्सचेन्जको परिसूचकलाई निफ्टी भन्छन् । लन्डनको फुट्सी, जापानको निक्की, अमेरिकाको एसएन्डपी अरू चर्चित बजार परिसूचक हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)