बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडकः खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न, यातायात सञ्चालनको तयारी
canadanepal.com · Sun Oct 25 04:15:44 GMT 2026

काठमाडौं - बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड अन्तर्गत खोर्लाबेँसी–लुस्याङ क्षेत्रमा २५० मिटर लामो अस्थायी डाइभर्सन निर्माणको काम सम्पन्न भएको छ। बुढीगण्डकी नदीको बाढीका कारण अवरुद्ध बनेको यस महत्त्वपूर्ण सडक खण्डमा ९ दिनको अथक प्रयासपछि यातायात सञ्चालनमा ल्याइएको हो।
बुढीगण्डकी नदीको तीव्र बहाव र उच्च जोखिमपूर्ण भूगोलका बाबजुद सडक खुलाउन अहोरात्र खटिने प्राविधिक टोली तथा सुरक्षाकर्मीहरूको कामको प्रशंसा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)