बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
nepallive.com · Wed Jun 10 03:42:22 GMT 2026

काठमाडौँ–अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
"बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ," अर्थमन्त्री डा.वाग्लेले भने, " म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । "
अहिले समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३
०९:२७
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले