इन्टरको सहज जित
baahrakhari.com · Sat Nov 28 17:54:00 UTC 2020
काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार भएको खेलमा इन्टरले सासुसुलोमाथि ३-० गोल अन्तरले सहज जित निकालेको हो ।
सोसुसुलोको घरेलु मैदान भएको खेलमा इन्टरलाई जित दिलाउन आलेक्स सान्चेज र रोबर्टो गालिर्डिनले एक-एक गोल गरे । एक गोल इन्टरले आत्मघाती उपहार पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)