कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप
baahrakhari.com · Thu Jun 11 17:55:00 UTC 2020
काठमाडौं । कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ ।
क्वारेन्टिनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो । प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । सोमबार ३० जना र बुधबार चारजनाको पिसिआर पोजेटिभ देखिएको थियो । त्यसपछि झन पिसिआर परीक्षण गराउने बढेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)