मनसुनका ४० दिन : बढे पहिरो र बाढीजन्य घटना
ekantipur.com · Thu Jul 23 15:13:46 UTC 2020
काठमाडौँ — गत वर्ष मनसुन सुरु भएको ४० दिनमा ४८ जनाको ज्यान लिएको पहिरोले यो वर्ष त्यति नै दिनमा १ सय २४ जनाको मृत्यु भएको छ । मनसुन सुरु भएयता यो वर्ष पहिरो, भारी वर्षा, बाढी र अचानक बाढी (फ्ल्यास फ्लड) का ४ सय ४५ वटा घटना भए । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनपछिको विपद्मा परेर बिहीबारसम्म १ सय ३२ जनाको ज्यान गएको छ । ५३ बेपत्ता, १ सय २८ घाइते र ९ सय ९८ परिवार प्रभावित भएका छन् ।
यो वर्ष जेठ ३० मा मनसुन सुरु भएको हो । अझै करिब ६० दिन मनसुन बाँकी भएकाले पहिरो र बाढीजन्य विपद्का घटनाको अन्त्य भइसकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन अवधिमा १ सय दिन वर्षा हुन्छ । विशेषज्ञहरुले यसपटकको मनसुनमा करिब साढे २ लाख वटा पहिरोका घटना हुन सक्ने अनुमान गरेका छन् । ४० दिनमा पहिरो, भारी वर्षा, बाढी र अचानक बाढीका ४ सय ४५ वटा घटना भएका छन् । अहिलेसम्म ७० वटा जिल्लामा यस्ता घटना भइसकेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)