रुसी सेनामा भर्ना भएका थप सात नेपालीको निधन
nayapatrikadaily.com · Fri Mar 15 00:28:00 GMT 2024
सरकारले रुसी सेनामा कार्यरतमध्ये थप सातजना नेपालीको निधन भएको पुष्टि गरेको छ । परराष्ट्रका अनुसार यसअघिका १० जनासमेत जोड्दा रुसी सेनामा कार्यरत १७ जना नेपालीको निधन भएको छ । तर, रुसी सेनामा कार्यरत परिवारजनका तर्फबाट संकलन भएको तथ्यांकअनुसार रुसमा मृत्यु भएका २५ जना नेपालीको परिवारले काजकिरिया गरेको छ ।
‘रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको निधन भएको परराष्ट्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)