श्रम बजार सूचना प्रणाली विकास परियोजना शुभारम्भ
dcnepal.com · Thu Dec 24 17:26:20 UTC 2020
रुपन्देही। लुम्बिनी प्रदेशमा श्रम बजार सूचना प्रणाली विकास परियोजना शुभारम्भ गरिएको छ। परियोजनाको बिहीबार शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले उपलब्ध जनशक्तिको प्रयोग र सही परिचालनका लागि शुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले कुनै पनि क्षेत्रको विकास सही सूचना र तथ्याङ्क विना हुन नसक्ने उल्लेख गर्दै सीपको क्षमता र मागलाई व्यवस्थित गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रमको अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिने बताए। प्रमुख यादवले पारियोजनाको सफलताबाट श्रम बजारमा रहेको वैदेशिक निर्भरतालाई कमी गर्न सफलता मिल्ने भनाइ राखे।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)