साविक विजेता आर्मीको संघर्षपूर्ण जित
baahrakhari.com · Sat Apr 26 17:18:16 GMT 2025
विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । शनिबार (वैशाख १३) विराटनगरमा भएको उद्घाटन खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि दुई विकेटको संघर्षपूर्ण जित दर्ता गर्यो ।
१३१ रनको झिनो लक्ष्य आर्मीले ३७.२ बलमा आठ विकेट गुमाएर पूरा गरेको हो । आर्मीको जितमा ‘प्लेयर अफ द म्याच’ नरेन साउदले ६४ रनको योगदान गरे । सुमित श्रेष्ठले अविजित २१ र पवन कार्कीले पनि अविजित १० रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)