स्पर्सलाई ‘बदल्ने’ त्यो खुला छलफल : के टोटनह्याम अब पुनरागमनको लयमा छ ?
ratopati.com · Sun Oct 25 05:07:52 GMT 2026
चेल्सीलाई २–० ले हराउँदै टोटनह्याम हटस्पर इंग्लिस प्रिमियर लिगको अंकतालिकामा १२औँ स्थानमा उक्लिएको छ । गत जनवरी २ यता टोलीको यो सबैभन्दा उच्च स्थान हो । लगातार दुई सिजन १७औँ स्थानमा रहेर लिग टुङ्ग्याएको टोटनह्याममा अहिले सुधारका सङ्केत देखिन थालेका छन् ।
शनिबार स्ट्यामफोर्ड ब्रिजमा प्राप्त जितसँगै टोटनह्यामले लिग मा लगातार दुई खेल जितेको यो ४२ प्रयासमा दोस्रोपटक मात्र हो । जेम्स म्याडिसन र माथिस टेलको उत्कृष्ट प्रदर्शनले जितमा महत्त्वपूर्ण भूमिका खेल्यो । अप्रिल २०२५ पछि पहिलोपटक टोलीले कुनै खेलमा ६८ प्रतिशतसम्म बलमा नियन्त्रण राख्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)