स्वर्णिम वाग्लेको नयाँ भारत-भाष्य
nepalnews.com · Sun Oct 25 05:07:47 GMT 2026

नयाँ दिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटको पहिलो दिन ५ कात्तिकमा भारतीय विदेशमन्त्री एस. जयशंकर बदलिँदो विश्व व्यवस्था र भारतको कूटनीतिक भूमिकाबारे बोलिरहेका थिए। छलफलका क्रममा कार्यक्रम सञ्चालकले त्यही सत्रमा उपस्थित नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि बोल्न आमन्त्रण गरे।
वाग्लेले जयशंकरलाई सम्बोधन गर्दै उनले प्रस्तुत गरेका चार उदाहरणको प्रशंसा गरे। योग, कोदो तथा अन्य पौष्टिक अन्न, सौर्य ऊर्जा र विपद् प्रतिकार्यका क्षेत्रमा भारतले विश्वलाई दिन सक्ने योगदानबारे जयशंकरले बोलेका थिए। तीमध्ये विपद् प्रतिकार्यको विषयमा आफू प्रत्यक्ष साक्षी भएको बताउँदै वाग्लेले नेपालमा १२ वैशाख २०७२ को भूकम्प र पछिल्लो भोटेकोशी क्षेत्रको विनाशकारी बाढीका बेला भारतले गरेको सहयोग सम्झिए। त्यसपछि उनले आफ्नो भनाइलाई विश्वव्यापी सहकार्यको बदलिँदो स्वरूपसँग जोडे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)