मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हराउँदै लिङ्गेपिङ

gorkhapatraonline.com · Sun Oct 25 05:10:06 GMT 2026

दसैँतिहारमा दैलेखको भगवतीमाई गाउँपालिका–२ स्थित चिउरागाउँमा छुट्टै रौनक हुने गथ्र्यो । लाहुरे घर फर्किने, रोजगारीका लागि भारत गएका आफन्त दसैँ मनाउन गाउँ आउने र परदेसिएका परिवारका सदस्यसँग भेटघाट हुँदा गाउँ उत्सवमय बन्थ्यो । घर घरमा चहलपहल हुन्थ्यो, आँगनमा आफन्तको जमघट लाग्थ्यो । समयसँगै गाउँको त्यो रौनक अहिले हराउँदै गएको छ ।

२५ परिवारको बसोबास रहेको चिउरागाउँमा अहिले सात परिवार मात्रै बाँकी छन् । गाउँ रित्तिँदै जाँदा दसैँको खुसीसँग जोडिएको लिङ्गेपिङको परम्परा पनि हराउन थालेको छ । कुनै समय दसैँ आउनुअघि नै गाउँलेलाई पिङ हाल्ने चटारो हुन्थ्यो । गाउँका प्रत्येक घरबाट एक/दुई मुठा बाबियो जम्मा गरिन्थ्यो । सबै मिलेर रातभरि बाबियो बाटेर गाउँको बिचभागमा रहेको तिदुको रुखमा लिङ्गेपिङ हालिन्थ्यो । पिङ हाल्ने काम केवल मनोरञ्जनका लागि मात्र थिएन, त्यो गाउँलेलाई एकै ठाउँमा जोड्ने बहाना पनि थियो । कामको सिलसिलामा टाढा पुगेका आफन्त गाउँ फर्किएपछि पुराना साथीभाइसँग भेट हुने, हाँसोठट्टा चल्ने र बालबालिकादेखि बुढापाकासम्म रमाउने वातावरण बन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)