बार्सिलोनाले सार्वजनिक गर्यो नयाँ जर्सी
lokpath.com · Wed Jul 08 18:06:41 UTC 2020
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । साविक ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०२० र २१ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी अघिल्ला सिजनको भन्दा फरक बनाईएको छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई क्लासिक ढाँचामा बनाएको छ । नाइकी कम्पनीले सार्वजनिक नयाँ जर्सी १० वर्ष अघि २०१०र११ को सिजन बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा प्रयोग गरेको जस्तो रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)