कसरी बढ्दैछ सम्पत्तिमा महिलाको स्वामित्व ?
clickmandu.com · Sun Oct 25 05:32:24 GMT 2026

काठमाडौं । पितृसत्तात्मक संरचनामा आधारित रहँदै आएको नेपाली समाजमा परिवारको वंश, सम्पत्ति र निर्णय अधिकार मुख्यतः पुरुषसँग जोडिने सामाजिक अभ्यासले घर–जग्गाको स्वामित्व पनि पुरुषकै नाममा केन्द्रित हुँदै आएको छ ।
छोरी भनेको विवाहपछि ‘अर्काको घर जाने’ र छोरा परिवारको सम्पत्ति धान्ने उत्तराधिकारी हो भन्ने सोचले महिलालाई पैतृक सम्पत्तिबाट लामो समयसम्म टाढा राख्यो । विवाहपछि पनि श्रीमतीको आर्थिक सुरक्षा श्रीमान् वा परिवारका पुरुष सदस्यसँग जोडेर हेर्ने हाम्रो समाजले महिलाको आफ्नै नाममा घर–जग्गा हुनुपर्छ भनेर आवश्यक ठानेन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)