मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोषितबाट हामीमाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री

shilapatra.com · Wed Jun 10 03:39:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,’अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दै छ । हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोसितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’

उनले सांसदहरूलाई पनि यस्तो समूहबाट प्रभावित नहुन आग्रहसमेत गरे ।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३

०९:२४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)