मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतबाट फर्केकाहरु परीक्षणविनै घर जाँदा समुदायमा संक्रमण फैलने जोखिम

nayapatrikadaily.com · Wed Jan 12 14:16:00 GMT 2022

सुदूरपश्चिममा भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिने दर बढेको छ । यहाँका प्रमुख दुई नाका गड्डाचौकी त्रिनगर नाकामा गरिने परीक्षणमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । गड्डाचौकी नाकामा बुधबार एक सय चार र त्रिनगर नाकामा ६२ जनामा संक्रमण देखिएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा सुदूरपश्चिममा सात सय २२ संक्रमित थपिएका छन् । तीमध्ये नाकामा गरिएको परीक्षणमा भारतबाट आएका पाँच ३० जना रहेका निर्देशनालयले जनाएको छ । बुधबार मात्रै सुदूरपश्चिममा सात सय ५५ जनाको परीक्षण गर्दा दुई सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमित भारतबाट फर्केकाहरू छन् ।

भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि रोजगारीको लागि भारत गएकाहरू त्रासले स्वदेश फर्कन थालेका छन् । यहाँका विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिममा कोरोना संक्रमण समुदायस्तरमा उच्च हुने खतरा बढेको छ । फर्कनेमध्ये कैयौँ व्यक्ति परीक्षण नगराई घरतर्फ गइरहेकाले संक्रमण समुदायमा फैलिने खतरा बढेको हो । ‘अहिले संक्रमित देखिएका ९० प्रतिशतभन्दा बढी भारतबाट फर्केकाहरू छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)