मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पक्की पुल बग्यो, मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढ्यो

himalpress.com · Sun Oct 25 05:40:53 GMT 2026

धादिङ – त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)