बाढीपहिरो प्रभावित क्षेत्रमा बत्ती बल्यो
nagariknews.nagariknetwork.com · Sun Oct 25 05:32:59 GMT 2026

गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ। नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन्।
प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको बताए। ‘धेरै ठाउँमा दुईरतीन दिनमै विद्युत आपूर्ति गराएका थियौं। पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरू दसैँको समयमा रातीसम्म परिचालन भयौ,’ उनले भने, ‘कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपुर्ति गराएका छौ। दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपुर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)