मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट चम्केपछि बेंगलोरको जित

ekantipur.com · Mon Apr 03 01:14:44 GMT 2023

बेंगलोर — विराट कोहली ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग २०२३ मा आइतबार मुम्बई इन्डियन्समाथि सजिलो आठ विकेटको जित निकालेको छ । कोहलीले ४९ बलमा ८२ रन बनाए र बेंगलोरले सजिलै १ सय ७२ रनको लक्ष्य पूरा गरेको थियो ।

भारतका पूर्वकप्तानले नटाउट रहेर छ चौका र पाँच छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कप्तान फाफ डे फ्लेसिससँग १ सय ४८ रनको साझेदारी गरे । ‘प्लेयर अफ द म्याच’ भएको फ्लेसिसले ४३ बलमा ७३ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)