बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
ratopati.com · Sun Oct 25 05:52:15 GMT 2026

म्याग्दी । गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ ।
नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन् । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिए। “धेरै ठाउँमा दुई/तीन दिनमै विद्युत आपूर्ति गराएका थियौ । पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसैँको समयमा रातीसम्म परिचालन भयौ,” उनले भने, “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपुर्ति गराएका छौ । दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपुर्तिलाई नियमित र ब्यवस्थित बनाउने प्रयासमा छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)